सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

चुनावी सभामा आक्रमण

4370
Shares
चुनावी सभामा आक्रमण

जाजरकोट, २१ वैशाख । कुशेगाउँपालिका–१ काफलवाटामा आयोजना भएको नेकपा (एमाले)को चुनावी सभामा आक्रमण भएको छ । नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको आरोप एमालेको छ । सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेका बेला काँग्रेसका प्रितिबहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरेको एमालेका स्थानीय नेता प्रमोद विश्वकर्माले बताउनुभयो । आक्रमणबाट एमालेका तीन कार्यकर्ता घाइते भएको सो पार्टीले जनाएको छ ।
उहाँका अनुसार चक्कु प्रहारबाट शेरबहादुर सिंह घाइते भएको तथा ढुङ्गा प्रहारबाट भीमबहादुर चलाउनेको बायाँ हात र सन्दिप विकको दायाँ खुट्टामा चोट लागेको छ । आक्रमणपछि औपचारिक कार्यक्रम स्थगित भएको एमालेले जनाएको छ । घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । रासस

4370
Shares

ट्रेन्डिङ