सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • यो हो विश्वको सबैभन्दा महंगो सिरानी, मूल्य ५९ लाख

यो हो विश्वको सबैभन्दा महंगो सिरानी, मूल्य ५९ लाख

4545
Shares
यो हो विश्वको सबैभन्दा महंगो सिरानी, मूल्य ५९ लाख

नेदरल्याण्डमा आविश्कारक बनेका एक फिजियोथेरापिस्टले १५ वर्ष लगाएर सिरानी तयार गरेका छन् । यो सिरानीले सुत्नेसम्बन्धि सबै समस्या हल गर्ने उनको दाबी छ । तर, यसलाई किन्न भने ५९ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ ।
आफूलाई घाँटीको विशेषज्ञ बताउने थिज्स भान डर हिल्सटले मल्बरी सिल्क, इजिप्टको रुवा र २४ क्यारेट सुनको कपडा प्रयोग गरेर विश्वकै महंगा सिरानी तयार गरेका हुन् ।यसको चेनमा पनि चारवटा हिरा र २२.५ क्यारेट सफायर रहेको छ ।
हिल्सट आफ्ना क्लाइन्टहरुलाई सबैभन्दा उत्तम सिरानी तयार गर्न चाहन्छन् । मानिसहरुको शरीरको आकार र सुत्ने बानी अनुसार उनले यस्ता सिरानीहरु तयार गर्छन् ।थ्रिडी स्क्यानरले पहिले क्लाइन्टको शरीरको आकार नापिन्छ र त्यसैको आधारमा उनीहरुको लागि उत्तम सिरानी तयार गरिन्छ । निकै जटिल प्रक्रियाबाट तयार हुने सिरानीले आफ्ना क्लाइन्टहरुलाई सुत्नका लागि सही सिरानी प्रदान गर्ने हिल्सट दाबी गर्छन् ।यसलाई जहाँ पनि लैजानका लागि लुई भिटनको कभर पनि दिइन्छ । यो सिरानीलाई दुबईमा हुने प्रदर्शनीमा राखिने बताइएको छ ।

4545
Shares

ट्रेन्डिङ