सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ओर्लियो बजार : चुनावी रौनकताले छोएन

ओर्लियो बजार : चुनावी रौनकताले छोएन

4605
Shares
ओर्लियो बजार : चुनावी रौनकताले छोएन

मुलुकमा लामो समयपछि स्थानिय निकायको चुनाव हुने पक्का पक्कीपछि मनोनयन दर्ता समेत सकिएको छ । राजनीतिक स्थिरता र लगानीको सम्भावनालाई वढावा दिने आशा गरेपनि नेपालको पुँजी बजार भने खासै सकारात्मक देखिएन ।
कारोवारका हिसावले साताको अन्तिम दिन आज बजार ९ अंकले झरेको छ । एक सय ४४ कम्पनीको १२ लाख ९३ हजार ८ सय ४९ कित्ता सेयर किनवेच भएको आज ७९ करोड ३८ लाख ४६ हजार ६ सय ७० रुपैयाँको कारोवार भएको् छ । आज उत्पादनमुलक समूह देखि वाँकी सवै समूहको परिसूचक रातो भएका छन् ।
आज उत्पादनमुलक समूहको सूचक ०.०६ अंकले वढेको छ भने बैकिङ समूहको सूचक ५.७, होटल समूहको सूचक १२.८१, विकास बैंक समूहको सूचक १२.४४ अंकले झरेको छ । जलविद्युत समूहको सूचक १२.२१, फाइनान्स समूहको सूचक ५.७६, बीमा समूहको सूचक ९३.६८ र अन्य समूहको सूचक ३.७६ अंकले झरेको् नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

4605
Shares

ट्रेन्डिङ