सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • चितवन हत्या प्रकरण : पतिले गरे पत्नी र भतिजको हत्या

चितवन हत्या प्रकरण : पतिले गरे पत्नी र भतिजको हत्या

750
Shares
चितवन हत्या प्रकरण : पतिले गरे पत्नी र भतिजको हत्या

चितवन  । चितवनको भरतपुरस्थित मिलन चोक नजिकै कल्भर्टमुनि बोरामा पोको पारेर फालेको अवस्थामा भेटिएका पुरूष र महिलालाई महिलाका पतिले मारेको  खुलेको छ ।

मृतकहरू भारतको मोतिहारी, फूलबारीया, सुगौलीका १९ वर्षीय ऋषभ कुमार कुशवाहा र विहार सुगांव डीह सुगौली पूर्वी चम्पारणकी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी हुन्। अनुसन्धानबाट सिर २ गते उनीहरूको हत्या भएको खुलेको हो ।

मृतकहरू नेपालमा तरकारी तथा फलफूल व्यापारका लागि पटक–पटक आउने गरेका थिए। आफ्नी श्रीमतीसँग ऋषभको सम्बन्ध रहेको थाहा पाएपछि अखिलेश र ऋषभको बेला बेलामा झगडा हुने गरेको पाइएको छ । त्यही कारण अखिलेशले उनीहरूको हत्या गरेको हुनसक्ने  प्रहरीको अनुमान छ ।

हत्या गरी फरार भएका अखिलेश अहिले भारतको सुगौलीस्थित प्रहरी हिरासतमा छन्। 

प्रहरीले मंसिर ६ गते राति पौने १ बजेतिर मिलनचोकस्थित कल्भर्टमुनि केरुङ्गा घोलमा शंकास्पद रूपमा रहेका २ वटा शव फेला पारेको थियो। मुखमा टेप लगाइएको, घाँटीमा सलजस्तो रातो कपडाले कसेको, दुबै शवको दुबै हात, खुट्टा क्रस गरी डोरीले बाँधी सोही डोरीले घाँटीमा समेत बाँधी डल्लो बनाई जुटको बोराभित्र कोचिएको थियो।

.

750
Shares

ट्रेन्डिङ