सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर दुईको मृत्यु

5720
Shares
चट्याङ लागेर दुईको मृत्यु

उदयपुर, २६ वैशाख । उदयपुरको कटारी नगरपालिका–११ हरबेनी बस्ने वर्ष ४७ का भेषबहादुर खत्रीको आज बिहान ९ बजे घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।
त्यसैगरी, कटारी–११ गहुँबारीको काफलडाँडा बस्ने वर्ष ५५ का बलबहादुर बस्नेतको पनि घरको दलानमा चट्याङ लागेर मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताउनुभयो । अहिले मृतकको शव लिन प्रहरी घटनास्थल पुगेको छ । रासस

5720
Shares

ट्रेन्डिङ