सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ३५ वर्षीया महिला बलात्कृत

३५ वर्षीया महिला बलात्कृत

1545
Shares
३५ वर्षीया महिला बलात्कृत

कञ्चनपुर :- कञ्चनपुरमा एक ३५ वर्षीया आफ्नै घरमा बलात्कृत भएकी छन् । घरमै गएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा बेलौरी नगरपालिका – २ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरी रहेका छन् । उनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

चौधरीले ती महिलालाई भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ ।

1545
Shares

ट्रेन्डिङ