सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रचण्डले धोका दिए: शेरबहादुर देउवा

प्रचण्डले धोका दिए: शेरबहादुर देउवा

900
Shares
प्रचण्डले धोका दिए: शेरबहादुर देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताएका छन् ।

देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीहरुसँग छलफलमा उनले सो कुरा बताएका हुन् । देउवाले गठबन्धनलाई बलियो बनाउन आफू हरसम्भव प्रयास गरेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पटकपटक भेट्न प्रस्ताव गर्दा समेत गठबन्धन तलमाथि होला कि भनेर आफूले टार्दै आएको आएको भन्दै उनले भने, ‘यसले (प्रचण्डले) धोका दियो ।’

प्रधानमन्त्री प्रचण्डले अहिले गरेका तर्कहरु बहाना मात्र भएको भन्दै उनले भने, ‘अहिले नभए २/४ महिनापछि पनि धोका नै दिने रहेछ । धोकेबाज रहेछ ।’

बैठकमा मन्त्रीहरुको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएको थियो । तर प्रधानमन्त्रीले गठबन्धनको औपचारिक बैठक पनि नराखेको र मन्त्रीहरुको राजीनामा पनि नमागेकाले यसबारे हतारमा निर्णय नगर्ने सहमति भएको एक नेताले बताए ।

900
Shares

ट्रेन्डिङ