सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आज देखि रसुवागढी सिमानाका बन्द , एक सय ५० भन्दा बढी कन्टेनर अलपत्र

आज देखि रसुवागढी सिमानाका बन्द , एक सय ५० भन्दा बढी कन्टेनर अलपत्र

4620
Shares
आज देखि रसुवागढी सिमानाका बन्द , एक सय ५० भन्दा बढी कन्टेनर अलपत्र

बैशाख २७, रसुवा । करिब दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि आज देखि रसुवागढी नाका बन्द गरिने भएको छ । बैशाख ३१ मा हुने पहिलो चरणको स्थानिय तहको चुनावका लागि आज राती १२ वजे देखि रसुवागढी नाका बन्द हुने भएको हो । चुनावमा कुनै पनि समस्या हुन नदिन निर्वाचन हुनु भन्दा ७२ घन्टा अगाडि नै सिमा नाका बन्द गर्न लागिएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारि चोमेन्द्र न्यौपाने र चिनका बोर्डर एड्मिनिस्ट्रेसन कमिटीका प्रमुख बिच भएको बैठकले रसुवागढी नाका बन्द गर्ने सहमति भएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी न्यौपानेका अनुसार चुनावका लागि बैशाख ३१ गते राती १२ बजेसम्म ९६ घन्टा बन्द हुने बताएका छन । उनका अनुसार नाका बन्द हुने भए पछि चीन जान तयार भएका करिब एक सय ५० कन्टेनर प्रभावित हुने जानकारी दिएका छन । आजदेखि मानिस तथा सवारीसाधन आवतजावत समेत रोकिने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । साथै निर्वाचनको दिनमा पनि सिडियोको पास सिफारिस लिएका सवारीसाधन बाहेक अन्य सवारीसाधनले आवतजावत गर्न नपाउने भएको छ ।

4620
Shares

ट्रेन्डिङ