सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • फ्रेडरिक  बने डेनमार्कको राजा

फ्रेडरिक  बने डेनमार्कको राजा

650
Shares
फ्रेडरिक  बने डेनमार्कको राजा

काठमाडौं । डेनमार्कका युवराज फ्रेडरिक नयाँ राजा बनेका छन् ।

फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेकि हुन् । अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो ।

डेनमार्कको ८०० वर्ष पुरानो राजतन्त्रको इतिहासमा स्वेच्छाले राजगद्दी त्यागेर उत्तराधिकारीलाई शासन सुम्पिएको यो पहिलो पटक हो ।

डेनिस सम्राट फ्रेडरिकलाई हेर्न राजदरबार अगाडि हजारौं संख्यामा मानिसहरु भेला भएका थिए । बार्दलीमा उभिएर समर्थकहरुलाई अभिवादन फर्काउँदा फ्रेडरिकका आँखा रसाएका थिए ।

५२ वर्षसम्म शासन सम्हालेपछि ८३ वर्षीया महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको सम्बोधनको क्रममा पद त्यागेर युवराज फ्रेडरिकलाई शासन सुम्पिने घोषणा गरेकी थिइन् ।

650
Shares

ट्रेन्डिङ