सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • चागुँनारायण नगरपालिकामा विवाद, निर्वाचन आयोगलाई पत्र

चागुँनारायण नगरपालिकामा विवाद, निर्वाचन आयोगलाई पत्र

4140
Shares
चागुँनारायण नगरपालिकामा विवाद, निर्वाचन आयोगलाई पत्र

भक्तपुर, जेठ १ । भक्तपुरको चागुँनारायण नगरपालिकामा अझै मतगणना शुरु हुन सकेको छैन । आइतबार भएको मतदानमा २२ मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह ‘मादल’ नभएपछि ती मतपत्र के गर्ने ? भन्ने विषयमा सहमति नजुट्दा मतगणना हुन नसकेको हो । नेमकिपाले ती मत बदर हुनुपर्ने माग गरेको छ भने अरु दलले ती मतपत्र गणना हुनुपर्ने माग गरेका छन ।
हिजैदेखि त्यसका विषयमा दलहरुबीच छलफल भएपनि सहमति हुन नसक्दा चाँगुनारायण नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई पत्र पठाएको छ । दलहरुबीचमा सहमति जुट्न नसकेपछि आयोगलाई विवाद समाधान गरिदिन आग्रह गरिएको हो । अब आयोगले दिएको निर्णयअनुसार मतगणना सुरु हुनेछ । यस्तै भक्तपुर नगरपालिकामा भने दिउँसोबाट मतगणना सुरु भएको छ ।

4140
Shares

ट्रेन्डिङ