सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेपलान्चोकको ताजा मत परिणाम यस्तो छ।

काभ्रेपलान्चोकको ताजा मत परिणाम यस्तो छ।

3175
Shares
काभ्रेपलान्चोकको ताजा मत परिणाम यस्तो छ।

काभ्रेपलाञ्चोक जिल्लाको कोसीपारि चौरी देउरालीमा नेकपा (माओवादी केन्द्र) दुवै वडामा विजयी भएको छ । सो गाउँपालिकाको वडा नं १ मा राजु आले तामाङ र वडा नं २ मा दिनेश लामा विजयी हुनुभएको छ । तामाङले ३१० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रताव लामाले २७७ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै वडा नं २ मा दिनेश लामाले ३०० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डम्बरबहादुर लामाले २३९ मत प्राप्त गर्नुभएको छ । जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) अग्र स्थानमा छ । सो गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बाले ६५८, नेपाली काँग्रेसका रकमसिं घलानले ३६४ र नेकपा (एमाले)का राजकुमार कुँवरले १०६ मत प्राप्त गर्नुभएको छ । वडा नं १ र २ को मत गणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार वडा नं १ मा माओवादी केन्द्रका कान्छामान जिम्बाले ४३० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज योञ्जनले २०२ मत प्राप्त गर्नुभएको छ ।
सो वडाको महिला सदस्यमा विकुमाया श्रेष्ठ र दलित महिला सदस्यमा दुर्गामाया परियार र अन्य सदस्यहरुमा ढकबहादुर दर्लामी र वीरध्वज योञ्जन विजयी भएका छन् । त्यस्तै वडा नं २ मा मीनबहादुर वाइबाले ३४० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर स्याङ्तानले २०१ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यहरुमा महिला सदस्य मन्दोमाया गोले, दलित महिला सदस्यमा कान्छीमा याल विक र अन्य सदस्यमा ठलबहादुर जिम्बा र बुद्धिमान जिम्बा विजयी भएका हुन् । दुवै वडामा माओवादी केन्द्रको समूह नै विजयी भएको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ

3175
Shares

ट्रेन्डिङ