सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पनौती– ४ र ५ मा एमाले विजयी

पनौती– ४ र ५ मा एमाले विजयी

4230
Shares
पनौती– ४ र ५ मा एमाले विजयी

काभ्रे, ३ जेठ । पनौती नगरपालिका– ४ र ५ मा नेकपा (एमाले) विजयी भएको छ । सो नगरपालिका– ४ को वडाध्यक्षमा एमालेका बुद्धिसिंह थापा ९९४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कुमार हुमागाईंले ९६५ मत प्राप्त गर्नुभयो । सोही नगरपालिका– ५ को वडाध्यक्षमा एमालेकै श्रीधर पाध्य कुँइकेल ७९५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्रीराम थापाले ६३३ मत प्राप्त गर्नुभयो ।
यस्तै पनौती– ६ को वडाध्यक्षमा नेपाली काँग्रेसका सुधीर सापकोटा ४६७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद आचार्यले ३५१ मत प्राप्त गर्नुभयो । पाँचखाल नगरपालिका– ७ को वडाध्यक्षमा एमालेका कृष्ण ढकाल ४१२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामकृष्ण दङ्गालले ४०५ मत प्राप्त गर्नुभयो ।
यसैगरी मण्डन देउपुर नगरपालिका– ३ को वडाध्यक्षमा एमालेका दिलबहादुर तामाङ ६५१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुरुषोत्तम बजगाईंले ५३५ मत प्राप्त गर्नुभयो । सोही नगरपालिका– ४ को वडाध्यक्षमा एमालेकै भुवनप्रसाद बजगाईं ५३० मत ल्याई विजयी हुनभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रेवतीप्रसाद तिमल्सिना ले१९३ मत प्राप्त गर्नुभयो । रासस

4230
Shares

ट्रेन्डिङ