सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अब एनटीसीमा पनि ‘लोन’ लिन सकिने

अब एनटीसीमा पनि ‘लोन’ लिन सकिने

7090
Shares
अब एनटीसीमा पनि ‘लोन’ लिन सकिने

नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ‘ब्यालेन्स’ नहँुदा ‘कल’ गर्न ‘लोन’ रकम उपलब्ध गराउने भएको छ ।
टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भई आज सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।
सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ ।
कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौतापत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट प्रालिका निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
यो सँगै उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ। कम्पनीका ग्राहकलाई थुप्रै सुविधा प्रदान गर्दै जाने नीति अनुरुप सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयरटाइम क्रेडिटको सुविधा ल्याइएको हो।
उक्त सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा व्याज भने नलाग्ने कम्पनीले जनाएको छ। उक्त लोन रकम रिचार्जपछि उपलब्ध हुने रकमबाट कट्टा हुनेछ। उपभोक्ताले चाहेको समयमा कुनै पनि माध्यमबाट रिचार्ज गर्न सम्भव नभएको अवस्थामा यो सुविधा बढी उपयोगी हुने कम्पनीले विश्वास लिएको छ।

7090
Shares

ट्रेन्डिङ