सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • स्तनलाई भोगटे भनेपछि के भनिन् ऋचा शर्माले ?

स्तनलाई भोगटे भनेपछि के भनिन् ऋचा शर्माले ?

6190
Shares
स्तनलाई भोगटे भनेपछि के भनिन् ऋचा शर्माले ?

चरित्र अभिनेत्रीको रुपमा आफुलाई स्थापित गरिसकेकी नायिका हुन् ऋचा शर्मा । चलचित्र ‘फस्ट लभ’ मार्फत नेपाली सिने उद्योगमा प्रवेश गरेकी यि नायिका अचेल फिल्म भन्दा पनि बिभिन्न कार्यक्रम तथा सभा समारोहरुमा ब्यस्त छिन् ।पछिल्लो समय उनी रंगपत्रकार तथा निर्देशक डब्बु क्षेत्रीको कथा संग्रह ‘नमस्ते काठमाण्डौँ’को लोकार्पणमा उपस्थिीत भएकी थिईन् । उनी त्यहाँको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी भएकी थिईन् । सर्वनाम थिएटरमा भएको उक्त कार्यक्रममा नायिका ऋचा शर्माले कथाहरुमा आफुले देखे सुनेका कुराहरु नै बढी रहेको प्रतिक्रिया दिएकी छिन् । कथामा यौनका कुरा समावेश गरिए पनि खासै अश्लिल नभएको उनको भनाई छ ।
‘एक साहित्यकारले महिलाको अंगहरुलाई भोगटे, बारुली कम्मर अनि मृगनयनी भन्दा महिलालाई चैँ कस्तो महसुस हुन्छ ?’ भन्ने प्रश्नको उत्तर दिने क्रममा उनी सुरुमा टाउको निहुराएर हाँसिन भने पछि उनले ‘हे भगवान !’ भन्दै जवाफ दिईन्, ‘मलाई मृगनयनी भन्दा एकदमै मनपर्छ, म त त्यो कम्प्लिमेन्टलाई लिएर खुसी हुन्छु तर भोगटे भनेको भने मलाई पनि मन पर्दैन ।’ त्यसपछि एकछिन रोकिएर पुनः नायिका शर्माले साहित्यकार तथा निर्देशक डब्बु क्षेत्रीलाई सम्बोधन गर्दै भनिन्, ‘दाईले साईजको कुरा गर्नुभयो अघि, तर भोगटे मात्र हुदैँन नी दाई ।’
त्यहाँको माहोल बुझ्दै नायिका शर्माले त्यो एउटा कथामा आएको कुरा हो भनिन् । ‘यो उपन्यासमा मात्र नभएर अन्य साहित्यिक उपन्यासहरुमा पनि यस्ता कुराहरु आएको छ ।’ उनले भनिन्, ‘हामी हुर्केको समाज र वातावरणमा यस्ताकुरा दैनिक सुनिने भएकोले हामीलाई युजटु (साधारण) पनि भईसकेको छ । त्यसकारण यो बिषयमा कसैलेपनि तिमीले ‘भोगटे’ किन भनेको भनेर प्रतिवाद गरेको अझै सुनेको छैन त्यसैले मैले यसलाई सामान्य रुपमा नै लिन्छु ।’
यता, लेखक क्षेत्रीले भने नमस्ते काठमान्डुलाई सामाजिक यौन विद्रोहका रुपमा परिभाषित गरेका छन् । उच्च, मध्यम र निम्न वर्गको यौन दृष्टिकोणलाई कथामार्फत प्रस्तुत गरिएको उनी बताउँछन् । १८ वटा कथा समावेश यस पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । (गज्जबको अनलाईन बाट साभार )
हेरौँ भिडियो
https://www.youtube.com/watch?v=Ej25cR1TFKg
 

6190
Shares

ट्रेन्डिङ