सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • व्यवस्थापिकाको संसदको बैठकमा आलेटाले

व्यवस्थापिकाको संसदको बैठकमा आलेटाले

4360
Shares
व्यवस्थापिकाको संसदको बैठकमा आलेटाले

काठमाडौँ, ९ जेठ । व्यवस्थापिका–संसद्को बैठक एकपछि अर्का गर्दै सरेको छ । आज बिहान ११ बजेका लागि तय गरिएको बैठक १३ बजे हुँदै अपराह्न १५ बजेका लागि सरेको थियो ।
प्रमुख दलबीच संसद् चलाउने विषयमा सहमति हुन नसकेपछि संसद् सचिवालयले एकपछि अर्को गर्दै बैठक सरेको छ । सचिवालयले पुनः १७ बजे अगाडि सूचना प्रकाशित गर्दै बैठक सरेको जानकारी दिएको छ ।
संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बर्खे अधिवेशनका रुपमा सोमबारदेखि सुरु भएको बैठकको आजको कार्यसूचीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४÷७५ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने भन्ने रहेको छ ।
स्थानीय तहको सङ्ख्या वृद्धिको विषयमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठक अवरोध गर्ने जनाएको छ । दलहरुबीच सहमति जुटाएर संसद् सञ्चालन गर्ने विषयमा संसद् भवन नयाँबानेश्वरमा दलहरुबीच छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन गरेको छैन । रासस

4360
Shares

ट्रेन्डिङ