सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सुन व्यवसायीमाथि गोली प्रहार

सुन व्यवसायीमाथि गोली प्रहार

635
Shares
सुन व्यवसायीमाथि गोली प्रहार

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ ।

सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँदा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो । एक राउण्ड गोली उनको पाखुरामा लागेको छ ।

प्रहरीका अनुसार, अज्ञात व्यक्तिले पेस्तोल र खुर्पा जस्तो धारिलो हतियार देखाएर स्कुटर छाड्न भनेको थियो । छोरासहित स्कुटरमा रहेका विश्वकर्माले नछाडेपछि एक राउण्ड फायर गरेको पाइएको प्रहरीले जनाएको छ । गोली हानेपछि स्कुटर लिएर उनीहरु भागेका थिए । 

अनुसन्धान अधिकृतहरुका अनुसार, स्कुटरमा सुन रहेको आशंकामा उनीहरुले लुटपाट गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

635
Shares

ट्रेन्डिङ