कसले गरे रविलाई मकैको खोया प्रहार ?
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा मकैको खोया प्रहार भएको छ । पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशैभरि कलकारखाना बन्द भइरहेको, सटरहरु बन्द भइरहेको, व्यवसायी पीडामा रहेको बताइरहेका थिए । उनले बोलेको ५ मिनेट पनि हुन नपाउँदै दर्शक दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भयो […]