सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कैलालीमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

कैलालीमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

1130
Shares
कैलालीमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

धनगढी । कैलालीमा पहिलोपटक समलिङ्गी विवाह दर्ता भएको छ ।

कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका- १ बस्ने मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन् । चौधरी र न्यौपानेले  हिन्दु परम्पराअनुसार चार वर्ष अघि विवाह गरेका थिए ।

शुक्रबार कैलारी गाउँलिका-८ को वडा कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो । समलिङ्गी विवाह गरेका प्रकाश र मनिलाले आफूहरूको विवाहले कानुनी मान्यता पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले दिएको जानकारी अनुसार कैलाली जिल्लामा पनि तेस्रो लिंगी विवाह दर्ता भएको हो ।

यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलोपटक समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गराएको थियो ।

1130
Shares

ट्रेन्डिङ