सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कसले गरे रविलाई मकैको खोया प्रहार ?

कसले गरे रविलाई मकैको खोया प्रहार ?

890
Shares
कसले गरे रविलाई मकैको खोया प्रहार ?

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै पोखरामा मकैको खोया प्रहार भएको छ ।

पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशैभरि कलकारखाना बन्द भइरहेको, सटरहरु बन्द भइरहेको, व्यवसायी पीडामा रहेको बताइरहेका थिए ।

उनले बोलेको ५ मिनेट पनि हुन नपाउँदै दर्शक दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भयो खोया प्रहार गर्नेलाई कार्यकर्ता र सुरक्षाकर्मीले समाते । सम्बोधन गरिरहेका रविले उनलाई केही नगर्न आग्रह गरे ।

रविलाई मकैको खोया प्रहार गर्ने व्यक्ति लमजुङको राइनास गाउँपालिका स्थायी ठेगाना भएका सन्तोष रानाभाट हुन् ।

राइनास नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष कृष्णबहादुर रानाभाटका अनुसार खोया प्रहार गर्ने सन्तोष राजनीतिक आस्था राख्ने व्यक्ति होइनन् । उनले पहिले अटोसमेत चलाउने गरेका थिए ।उनी २ वर्ष अघिदेखि पोखरा बस्न थालेका हुन् ।जागिर गर्न भनेर भारत हिँडेका उनका बुबा ३५ वर्षदेखि वेपत्ता रहेको, आमा पनि साथमा नरहेको र अहिले श्रीमती तथा बच्चा साथमा नभएको वडाध्यक्ष रानाभाटले बताए ।

रविले आफूलाई लक्षित गरी हानिएको मकैको खोया मगाएका छन् । । त्यही खोया देखाएर जनताको ढुंगा, खोया, गाली, ताली सबै सहन तयार भएर नै राजनीतिमा आएको बताएका छन् । रानाभाटलाई हिरासतमा राखेर उनको विषयमा अनुसन्धान भइरहेको छ ।

890
Shares

ट्रेन्डिङ