सबैको समाचार
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • ६ वर्षअघि भएको हत्याका अभियुक्त पक्राउ

६ वर्षअघि भएको हत्याका अभियुक्त पक्राउ

570
Shares
६ वर्षअघि भएको हत्याका अभियुक्त पक्राउ

 काठमाडौं । ६ वर्षअघि भएको हत्याका अभियुक्त पक्राउ परेका छन् ।

अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङका शिवराज अधिकारी र अर्घाखाँचीका जगत विक छन् ।

प्रहरीका अनुसार मकवानपुर घर भई काठमाडौंमा ज्यामी काम गर्ने ५० वर्षीया अप्सराको शव ३० पुस २०७४ मा बल्खुस्थित भुवनेश्वरी मन्दिर पछाडि भेटिएको थियो ।

घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न धादिङको त्रिपुरासुन्दरी–३ तल्लो पोखराका ४६ वर्षका शिवराम अधिकारी केन्द्रीय कारागारमा रहेको खुल्यो । उनी चोरी मुद्दामा तीन वर्ष सजाय पाएर जेल परेका थिए । साउनमा पीडितको जाहेरीपछि प्रहरीले थप अनुसन्धान थाल्यो ।

त्यसक्रममा अप्सरा र शिवराजबीच पूर्व चिनजान भएको खुल्यो । शिवराजले अप्सरालाई भूपू आर्मीसँग बिहे गराइदिन्छु पैसा र गरगहना लगाएर आउनू भनेर बोलाएका थिए । जगत विक समेत तीन जना माछापोखरीमा भेटे, ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना खाएका उनीहरु बल्खुको एक मन्दिर पछाडि पुगे । त्यसक्रममा दुबैले ढुंगाले हानेर अप्सराको हत्या गरी मुन्द्रा र नगद निकालेर भागेका थिए ।

570
Shares

ट्रेन्डिङ