केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गले गुमाए ६ अर्ब बढी डलर
नेपाली समयअनुसार सोमबार राति संसारभरि विभिन्न मुलुकका सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुक चलाउन पाएनन्। फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसले काम गर्न छोडेका थिए। यो क्रम लगभग छ घन्टा चल्यो। झन्डै ६ घन्टापछि फेसबुकले प्राविधिक समस्या समाधान भएको र आफ्ना सबै सामाजिक सञ्जाल साइट/एपले काम गर्न थालेको जनाएको छ। फेसबुकसहितका साइट बन्द भएर फेरि सुरू हुँदासम्म […]