सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने पक्का

फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने पक्का

5660
Shares
फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने पक्का

काठमाडौं : फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको छ । पूर्वविदेशमन्त्री समेत रहेका किशिडा सत्तारुढ दलको नेतामा निर्वाचित भएसँगै उनी प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएको हो ।

जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक (एलडीपी) को बुधबार भएको आन्तरिक निर्वाचनमा उनले जित हासिल गरेका छन् । उनले खोपमन्त्री तारो कोनोलाई पराजित गरेका हुन् । लिबरल डेमोक्रेटिकको संसद्को दुवै सदनमा बहुमत छ ।

६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा २५७ भोट पाएका थिए भने प्रतिद्वन्द्वि कोनोले १७० भोट मात्र पाएका थिए । पहिलो चरणको निर्वाचनमा दुवैले स्पष्ट बहुमत पाउन नसकेपछि दोस्रो चरणको निर्वाचन गराइएको थियो । अब उनले आगामी नोभेम्बरमा हुने आम निर्वाचनमा पार्टीको नेतृत्व गर्नेछन्।

वर्तमान प्रधानमन्त्री योसिहिदे सुगाले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै राजीनामा दिने घोषणा गरेका थिए ।उनले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को अध्यक्षका लागि पनि प्रतिस्पर्धासमेत नगर्ने घोषणा गरिसकेका छन् ।

5660
Shares

ट्रेन्डिङ