सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • यमन युद्धः हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडनको घोषणा

यमन युद्धः हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडनको घोषणा

3645
Shares
यमन युद्धः हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडनको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ ।

यमनमा युद्ध अन्त्य हुनुपर्छ, विदेश नीतिबारे पहिलोपटक वक्त्व्य दिँदै अमेरिकी राष्ट्रपति जो बाइडनले भने । बाइडनका दुई पूर्ववर्तीहरूको प्रशासनका बेला हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाएको थियो ।

सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो । तर अलकायदाविरुद्धको कारबाहीलाई यसले असर गर्दैन ।

यमन घोषणाको अर्थ के ?
बिहीवारको घोषणापछि अब अमेरिकाले आक्रामक कारबाहीहरू रोक्छ । त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि विक्री गर्न बन्द गर्छ । बाइडन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरू बेच्न रोकिसकेको थियो ।

बाइडनले यमनका लागि नयाँ दूतमा टीम लेन्डरकिंगलाई नियुक्त गर्ने ठानिएको छ । उनी अनुभवी कूटनीतिज्ञ र मध्यपूर्व मामिलाका विज्ञ हुन् । यसले ट्रम्प प्रशासनले चाल्दै आएको नीतिमा परिवर्तनको सङ्केत गरेको छ । ट्रम्प प्रशासनका बेला साउदी नेतृत्वको गठबन्धनलाई सहायतामा वृद्धि गरिएको थियो । गत महिना ट्रम्पका विदेशमन्त्री माइक पोम्पेओले हुथीहरूलाई आतङ्कवादी सङ्गठनको संज्ञा दिन लागिएको बताएका थिए ।

सहायता संस्थाहरूले भने उक्त कदमका कारण खाद्यान्न सहायताको खाँचो रहेका लाखौंलाई सेवा दिन नसकिने भन्दै आलोचना गरेका थिए । संयुक्त राष्ट्रसङ्घले यमनमा ८० प्रतिशत जनसङ्ख्या सहायता र संरक्षणको खाँचोमा रहेको भन्दै त्यहाँ विश्वकै खराब मानवीय सङ्कट रहेको जनाएको छ । यी घोषणाहरूले यमनको विनाशकारी युद्ध अन्त्य गर्ने बाइडनको प्रतिबद्धताको पुष्टि गरेका छन् । साउदी नेतृत्वको गठबन्धनलाई सहायता रोक्नुले रक्तपातपूर्ण अध्यायलाई त समाप्त गर्दैन तर यसले रियाद र आवुधावीमाका नेताहरूलाई सशक्त सङ्केत पठाएको छ ।

उनीहरू आफैँ पनि यो दलदलबाट बाहिर निस्कन प्रयास गरिरहेका छन् ।

बाडडनले अरू के भने ?
गत महिना कार्यालय छोडेका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिहरूलाई बाइडनको वक्तव्यले भङ्ग गरेको छ । बाइडनले अमेरिकाको विदेश नीतिमा यमनको विषयबाहेक अन्य परिवर्तनहरू पनि घोषणा गरेका छन् । तिनीहरूमा शरणार्थी मामिला र जर्मनीबाट अमेरिकी सेनालाई फिर्ता गर्ने भन्ने यसअघिको निर्णय उल्ट्याउने लगायतका निर्णयहरू छन् ।

शरणार्थी भर्ना गर्ने सङ्ख्यालाई आर्थिक वर्षमा १५,००० बाट बढाएर १,२५,००० पुर्‍याउने घोषणा उनले गरेका छन् । बाइडनले म्यानमारकी प्रजातान्त्रिक नेत्री आङ सान सू चीलाई रिहा गर्न र प्रजातन्त्र पुनस्र्थापित गर्न पनि म्यानमारको सेनालाई आह्वान गरेका छन् ।

उनले रुससँग कूटनीतिक रुपमा संलग्न रहने तर मस्कोसँग ट्रम्पका बेला भन्दा कडा रुपमा प्रस्तुत हुने वाचा गरे ।

3645
Shares

ट्रेन्डिङ