एक वर्षमा १६ लाखभन्दा बढी नेपालीले छोडे देश
काठमाडौं । सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेको अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीहरुको तथ्यांक सोमबार सार्वजनिक गरेको हो । रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट बाहिरिएकाहरुको संख्यात्मक विवरण छ […]