सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १८ हजार पाकेट मार्ने काभ्रेका लामा पक्राउ

१८ हजार पाकेट मार्ने काभ्रेका लामा पक्राउ

895
Shares
१८ हजार पाकेट मार्ने काभ्रेका लामा पक्राउ

काभ्रे । पाकेटमारीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको महाराजगन्जबाट दुईजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ का ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय विष्णु थापा छन् । लामा काठमाडौंको पेप्सिकोलामा र थापा काठमाडौंकै टोखामा बस्दै आएका थिए ।

१८ हजार पाकेट मारेको आरोपमा प्रहरीले उनीहरुलाइ पक्राउ गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

895
Shares

ट्रेन्डिङ