सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेको २ ओटा बिद्यालयमा तोडफोड, १० लाख बराबरको सामान चोरी

काभ्रेको २ ओटा बिद्यालयमा तोडफोड, १० लाख बराबरको सामान चोरी

2705
Shares
काभ्रेको २ ओटा बिद्यालयमा तोडफोड, १० लाख बराबरको सामान चोरी

काभ्रे। काभ्रेको २ ओटा बिद्यालयमा तोडफोड गरेर चोरी भएको छ ।

जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर २ सिम्थलीमा रहेको अरुणोदय मा.वि र कालीदेवी प्रा.बि मा गए राति चोरी भएको हो ।

कालीदेवी प्राथमिक बिद्यालयका प्रधानाध्यापक बुद्ध तामाङ्गले बिद्यालयको २ ओटा झ्याल , ढोका र दराज फुटाइएको र १ थान ल्यापटप र बिद्यार्थि पोशाक कपडाको एक रोल चोरी भएको जानकारी दिएका छन् । प्रधानाध्यापक अनुसार प्रहरीले घटना स्थलको अवलोकन गरि थप अनुसन्धान कार्य अघि बढाइरहेको छ ।

यता भुम्लु गाउपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलले बिद्यालयको केहि स्मार्ट बोर्डमा समेत तोडफोड भएको र करिब १० लाख बराबरको क्षति भएको बताए ।


त्यस्तै घटनाको मुचुल्का गरि थप अनुसन्धान गरिरहेको अध्यक्ष भुजेलले सबैको समाचारलाई जानकारी दिएका छन्।

2705
Shares

ट्रेन्डिङ