सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रहरीको कुटपिटबाट दुई युवा घाइते

प्रहरीको कुटपिटबाट दुई युवा घाइते

750
Shares
प्रहरीको कुटपिटबाट दुई युवा घाइते

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी चौकमा धरानबाट उपचार गराएर घर फर्किने क्रममा दुई युवालाई प्रहरीले कुटपिट गरेको बताइएको छ ।

इनरुवा नगरपालिका–८ का वडा कार्यालयका कम्प्युटर अपरेटर २६ वर्षीय राजेश मण्डल र २२ वर्षीय विवेक मण्डललाई प्रहरीले कुटपिट गरेको हो ।

सुरक्षा जाँचको नाममा ब्लुबुक र लाइसेन्स चेकजाँच गर्दा सबै देखाउँदा समेत एक हजार रुपियाँ जरिवाना मागेको र नदिएको भन्दै प्रहरीले उहाँहरूमाथि कुटपिट गरेको बताइएको छ । पुस २१ गते राति करिब १०ः३० बजे पीडित र प्रहरीबिच लाइसेन्सको कुरालाई लिएर वादविवाद हुँदा प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शी  गणेश यादवले जानकारी  दिएका छन् ।

प्रहरीको कुटाइबाट घाइते राजेशको जिल्ला अस्पताल सुनसरी इनरुवामा उपचार भइरहेको छ  भने विवेकको स्वास्थ्य अवस्था सामान्य छ ।

750
Shares

ट्रेन्डिङ