एमाले नेताहरु सवार गाडी सिन्धुलीमा दुर्घटना
नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ को बिस्तारित बैठकमा जाने क्रममा उनीहरु सवार गाडी सिन्धुलीको भिमानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा एमाले नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देबराज राई लगायत नेताहरु घाइते भएका छन् । […]