सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • अब काभ्रेको बनेपामा फुटपाथमा व्यापार गर्न नपाइने

अब काभ्रेको बनेपामा फुटपाथमा व्यापार गर्न नपाइने

22770
Shares
अब काभ्रेको बनेपामा फुटपाथमा व्यापार गर्न नपाइने

काभ्रे : बनेपा नगरपालिकाले नगर क्षेत्रभित्रका सडकको दायाँबायाँ रहेका फुटपाथ व्यापार हटाउन निर्देशन दिएको छ ।

अरनिको राजमार्ग र अन्य मुख्य सडकको दायाँबायाँ रहेका फुटपाथ हटाउन र सार्वजनिक स्थानमा अनुमति बिना व्यापारिक सामाग्री नराख्न आग्रह गरेको छ ।

त्यस्तै ठेला रिक्सा लगायतका साधन राखी व्यापार नगर्न भनिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै फुटपाथका व्यापारका कारण सडकको दायाँबाँया अस्तव्यस्त भइरहेकाले तत्काल हटाउन निर्देशन दिएको हो ।

पटक पटक सूचना जारी गर्दा पनि व्यवसायीहरुले वेवास्ता गरेका कारण फेरी सूचना प्रकाशित गरेको पालिकाले जनाएको छ ।

साउन १ गतेबाट सडकका दायाँबायाँ क्षेत्रमा ब्यापार व्यवसाय गर्न तथा व्यापारिक सामाग्री राख्न पूर्णरुपमा प्रतिवन्ध लगाउने पालिकाले जनाएको छ ।

22770
Shares

ट्रेन्डिङ