सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा भित्रियो धान रोप्ने आधुनिक मेसिन, मेयर र उपमेयरले रोपे धान

काभ्रेको पाँचखालमा भित्रियो धान रोप्ने आधुनिक मेसिन, मेयर र उपमेयरले रोपे धान

8105
Shares
काभ्रेको पाँचखालमा भित्रियो धान रोप्ने आधुनिक मेसिन, मेयर र उपमेयरले रोपे धान

काभ्रेको पाँचखाल नगरपालिकामा धान रोप्ने नयाँ प्रविधिको प्रर्दशनी गरिएको छ । बिहिबार वडा नम्बर २ मा नयाँ प्रविधिको प्रर्दशनी गरिएको हो ।

नयाँ मेसिनबाट मेयर महेश खरेल र उपमेयर सूर्यमाया दनुवारले पनि धान रोप्नु भएको थियो । नेपाल सरकारको राष्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्रले पाँचखाल नगरपालिकासंगको सहकार्यमा धान रोप्ने प्रविधिको प्रदर्शनी गरेको हो ।

पाँचखाल नगरपालिका काभ्रे जिल्लाको मात्रै होइन बागमती प्रदेशकै राम्रो उर्वरा भुमि मानिन्छ । नगरपालिका पनि कृषि क्षेत्रको विकासका लागि नयाँ नयाँ प्रविधि भित्र्याउने कोशिस गरिरहेको छ ।

आधुनिक प्रविधि मार्फत खेती गर्दा लागत कम लाग्ने र उत्पादन बृद्धि हुने विश्वास गरिएको छ ।

8105
Shares

ट्रेन्डिङ