नमोबुद्धमा दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण
काभ्रे : नमोबुद्ध नगरपालिका १० का दलित समुदायलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ ।वडाका सबै ८० दलित परिवारका लागि एक एक थान फिल्टर वितरण गरिएको हो । बुधबार आयोजित एक कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नं. १० का अध्यक्ष रामकृष्ण अधिकारी लगायतले फिल्टर वितरण गरेका थिए […]