सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • फोरम–नयाँ शक्ति एकता टर्यो, यस्तो छ कारण

फोरम–नयाँ शक्ति एकता टर्यो, यस्तो छ कारण

2470
Shares
फोरम–नयाँ शक्ति एकता टर्यो, यस्तो छ कारण

काठमाडौँ, साउन ९ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कार्यकारी अधिकारसहित फस्ट मेन दाबी गरेपछि नयाँ शक्ति र मधेसी जनअधिकार फोरम नेपालबीचको एकता तत्कालका लागि टरेको छ । साउन १५ भित्रै एकता गर्नेगरी आइतबार साँझ भट्टराई निवासमा दुई पार्टीका शीर्ष नताहरुबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको नेताहरुले जनाएका छन् । फोरमका नेताहरुले नयाँ शक्तिका संयोजक भट्टराई यसअघि भएका सहमतिबाट पछि हटेको आरोप लगाएका छन् ।
नयाँ शक्तिका नेताहरुले एकतापछि कार्यकारी अधिकारसहित ‘फस्ट मेन’ आफ्नो पक्षले पाउनुपर्ने दाबी कायमै रहेको बताएका छन् । आइतबार दिउँसो माओवादी केन्द्रका अध्यष प्रचण्डले पार्टीबाट छुट्टिएर गएका मोहन वैद्य, नेत्रविक्रम चन्द, भट्टराईलगायत नेतालाई पुरानै घरमा र्फन आह्वान गरेपछि भट्टराई फोरमसँगको एकता प्रक्रियाबाट पछि हटेको अनुमान गरिएको छ । ‘आइतबारबाट परिस्थिति केही बिग्रेको देखिन्छ । माओवादी केन्द्रको निर्णय सार्वजनिक भएपछि यस्तो भएको हुनसक्छ’, फोरम नेपालका एक शीर्ष नेताले भने ।
-नागरिक दैनिक

2470
Shares

ट्रेन्डिङ