धुलिखेल, २३ भदौँः जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी कोरोना भाइरस मुक्त हुनु भएको छ । कोरोना मुक्त भएसँगै आफु नियमित काममा फर्किएको प्रमुख केसीले जानकारी दिनुभयो ।
केसी कोरोना संक्रमण भएपछि १८ औँ दिनमा सोमबारबाट नियमित काममा फर्किनुभएको हो । केसीको परिवारका अन्य ७ जना सदस्य कोरोना संक्रमित भएका थिए । जसमा केसी सहित ६ जना कोरोना भाइरस मुक्त भएका हुन् ।
प्रमुख केसीका अनुसार परिवारका एक जना सदस्य भने अझै पनि होम आइलोसलेनमै बरिरहनुभएको छ । केसीको परिवार कोरोना संक्रमित भएसँगै होम आइसोलेसनमा बसेको थियो ।
होम आइसोलेसनमा बसेका सातै जनाको अन्तिम पटक गरिएको कोरोना परीक्षणमा एक जनाको भने पोजेटिभ आएको थियो । कोरोना भाइरस मुक्त भएपछि जिसस प्रमुख केसीले रोकप्रतिरोधात्मक क्षमता बढाउने खानेकुराको सेवन गर्न र आत्मबल बलियो बनाउन सुझाव दिनुभएको छ ।