सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कोरोना संक्रमणको जोखिम बढ्दो,सरकारसँग परीक्षण किट अभाव

कोरोना संक्रमणको जोखिम बढ्दो,सरकारसँग परीक्षण किट अभाव

635
Shares
कोरोना संक्रमणको जोखिम बढ्दो,सरकारसँग परीक्षण किट अभाव

काठमाडौँ । विश्वका विभिन्न मुलुकसँगै छिमेकी भारत र चीनमा समेत कोरोना संक्रमण बढिरहेका बेला नेपालमा भने अभाव छ ।

पछिल्लो समय भारतका विभिन्न क्षेत्रबाट घर फर्किने ९ जना नेपाली र सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन.१’ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर छिमेकी मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सबभेरिएन्ट जेएन.१ नेपालमा पुष्टि भइनसके पनि छिमेकमा संक्रमण फैलिरहेकाले सतर्कता अपनाउन अनुरोध गरिरहेको छ ।

यस्तो अवस्थामा नेपाल सरकारसँग परीक्षण किटसमेत छैन । टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय भन्डारमा किट नभएपछि इमर्जेन्सी केसका लागि आवश्यक पर्ने पीसीआर र एन्टिजेन्ट किट खरिद गर्न स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखालाई पत्राचार गरिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमन्तचन्द्र ओझाले बताए ।

कोरोना महामारीले नेपालमा मात्र १२ हजार ३१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म पीसीआर परीक्षणबाट १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

635
Shares

ट्रेन्डिङ