सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ

प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ

4235
Shares
प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा रोजन तामाङ

काभ्रे : माओवादी केन्द्र निकट पत्रकारहरूको संघठन प्रेस सेन्टर नेपाल काभ्रे जिल्लाको अध्यक्षमा रोजन तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ । केहीबेर अघि धुलिखेलमा सकिएको चौथो जिल्ला अधिवेशनले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

उपाध्यक्षमा नवराज अधिकारी र अञ्जली तामाङ, सचिबमा शिव पन्त, सहसचिबमा क्रान्ति लामा र प्रकाश दाहाल, कोषाध्यक्षमा इकमान लामा चयन हुनुभएको छ । सदस्यहरूमा जीवन घिसिङ, किरण कुमार पुलामी, प्रेम स्याङतान, लोक बहादुर लामा, गिता तिमल्सिना, क्षितिज नेपाली रहनुभएको छ ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा सन्तोष दाहाल, रचना मोक्तान, धन बहादुर स्याङतान, भरत अधिकारी र गंगा दोङलाई चयन गरेको छ । त्यस्तै केन्द्रीय बसन्त श्रेष्ठ, चुडामणि तिमल्सिना र कुमार गौतमलाई चयन गरेको छ ।

4235
Shares

ट्रेन्डिङ