सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेल ११ ठूलीटारमा सडक मापदण्ड मिचेर खेतमा डोजर, माटो सार्वजनिक जंगलमा

काभ्रेको धुलिखेल ११ ठूलीटारमा सडक मापदण्ड मिचेर खेतमा डोजर, माटो सार्वजनिक जंगलमा

7625
Shares
काभ्रेको धुलिखेल ११ ठूलीटारमा सडक मापदण्ड मिचेर खेतमा डोजर, माटो सार्वजनिक जंगलमा

काभ्रेको धुलिखेल नगरपालिका वडा नं ११ को ठूलीटारमा सडक नै जोखिममा पारेर व्यक्तिगत प्रयोजनका लागि डोजरको प्रयोग गरिएको छ । स्थानीय राजकुमार श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयोजनका लागि सडककोे मापदण्ड ख्याल नगरी आफ्नो खेतमा डोजर लगाएका हुन् ।

उक्त कार्यको सामाजिक सञ्जालमा समेत व्यापक वि रो ध भएको छ । सडकको मापदण्ड ९ मिटर भएपनि सडकलाई नै जोखिममा पारेर खेत बनाएको देख्न सकिन्छ,भने सार्वजिनक जंगलमा माटो फालेका छन् ।

यस विषयमा हामीले वडा अध्यक्ष विष्णु धिताललाई सम्पर्क गरी बुझ्दा सामाजिक सञ्जालमा विरोध गरिएजस्तो मापदण्ड नमिचिएको बताएका छन् । उनले सडकको मापदण्ड अनुसार ९ मिटर छाडेर नै श्रेष्ठले खेत खनेका दाबी गरेका छन् ।

उनका अनुसार उक्त जग्गा श्रेष्ठकै भएको र सडक निर्माणकोे बेला पुरिएको थियो । पुरिएको जग्गा सडक निर्माण कम्पनीले नै सफा गर्नुपर्ने भएपनि त्यतिबेला सडक जोखिममा हुने भएकाले सो कार्य स्थगित गरिएको थियो ।

लामो समसम्म पनि उक्त जग्गा सफा नगरिदिएपछि श्रेष्ठ आफैले डोजर लगाएर सफा गरिएको बताइएको छ । पालिकालेले आज यस विषयमा स्थलगल अनुगमन गर्ने वडा अध्यक्ष धितालले जानकारी दिए ।

7625
Shares

ट्रेन्डिङ