सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कम्युनिष्टहरूले आफु चोखिन कांग्रेसलाई दोष लगाए : गगन थापा

कम्युनिष्टहरूले आफु चोखिन कांग्रेसलाई दोष लगाए : गगन थापा

4740
Shares
कम्युनिष्टहरूले आफु चोखिन कांग्रेसलाई दोष लगाए : गगन थापा

काभ्रे  : नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले विदेशी सहयोग बिना मुलुकको सोचे जस्तो विकास नहुने बताएका छन् ।

 

नेपालमा एमसीसी कम्युनिष्टहरूले ल्याएको उनको दाबी छ् । आफु चोखिन कांग्रेसलाई कम्युनिष्टहरूले दोष लगाउने गरेको पनि उनले बताए । आज कांग्रेस बनेपा नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले एमालेले एमसीसीमा कांग्रेसलाई दोष लगाए बसको टिकट काटेर केपी ओलीको निवास बालकोट पठाउन आग्रह समेत गरेका छन् ।

उनले निर्वाचनमा एमालेले एमसीसीको नाममा कांग्रेस विरूद्ध भ्रम छर्न जोखिरहेको भन्दै डटेर त्यसको प्रतिवाद गर्न उनले आग्रह गरेका छन् ।

 

त्यस्तै थापाले नेपाल कम्युनिष्ट पार्टीलाई गाडीको संज्ञा दिँदै आन्तरिक झगडाका कारण गन्तव्यमै नपुगी गाडी दुर्घटना गराएपछि भिरपाखामा ‘हामी यहाँ छौं’ भनेर कराइरहेकाहरूलाई कांग्रेसले उद्धार गरेको समेत बताएका छन् । महामन्त्री थापाले निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुहुँदैन भन्ने पक्षमा आफू रहेको समेत बताएका छन् ।

 

4740
Shares

ट्रेन्डिङ