सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा काँग्रेसका नगर सभापति लामाले कुटे काँग्रेसकै नेता (भिडियो )

काभ्रेमा काँग्रेसका नगर सभापति लामाले कुटे काँग्रेसकै नेता (भिडियो )

109175
Shares
काभ्रेमा काँग्रेसका नगर सभापति लामाले कुटे काँग्रेसकै नेता (भिडियो )

काभ्रे : नेपाली काँग्रेसका नमोबुद्ध नगर सभापति कुन्साङ लामाले कांग्रेसकै नेता रोशन पाण्डेलाई कुटपिट गरेका छन् ।

बनेपामा रहेको भिलेज रिसोटमा बसीरहेको समयमा नगर सभापति लामा गाडीमा आएर आफु माथि कुटपिट गरेको रोशन पाण्डेले सबैको समाचार संग बताए ।

सभापति लामाले हातले र होटलमा राखिएको कुर्सिहरुले हानेको उनले बताए । नगर सभापति लामा संगै आएका अरुले समेत आफुलाई कुटेको पाण्डेले बताए । नगर सभापतिको कुटाइबाट पाण्डेको टाउको र गालामा चोट लागेको छ।

नगर सभापति कुन्साङ लामा र रोशन पाण्डे दुवै जना आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा नमोबुद्ध नगरपालिकाको प्रमुख पदको दाबेदार हुन् ।

109175
Shares

ट्रेन्डिङ