सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा फोहोर प्लाष्टिकबाट फाइवर उत्पाद गरिँदै

काभ्रेमा फोहोर प्लाष्टिकबाट फाइवर उत्पाद गरिँदै

12575
Shares
काभ्रेमा फोहोर प्लाष्टिकबाट फाइवर उत्पाद गरिँदै

काभ्रे : पछिल्लो समय नेपालका विभिन्न सहरी तथा गाउँमा फोहोर व्यवस्थापनको मुद्धा कठिनाई र चुनैतीपूूर्ण हुदै गएको छ । सोही चुनौती चिर्न नकुहिने फोहोरको सहि व्यवस्थापन गर्नका लागी वैदेशिक रोजगारबाट फर्केका काभ्रेका केहि यूवाले पृथक कामको सुरुवात गरेका छन् ।

दैनिक उपभोग्य बस्तुबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या आइरहेका बेला काभ्रेको पाँचखाल नगरपालिकामा फाइवर उत्पादन सुरु हुने भएको छ । पाँचखाल नगरपालिका वडा नं २ मा फोहोरका रुपमा रहेका प्लाष्टिकबाट फाइवर उत्पादन गर्न लागिएको हो ।

वैदेशिक रोजगारमा गई नेपाल फर्केर विदेशमा सिकेका,भोगेका र देखेका सीपलाई नेपालको विकास गर्नका लागि स्वदेशमै केही गर्नुपर्छ भन्ने उदेश्यले ४ जना यूवाको समूहले फाइवर उत्पादन सुरु गर्न लागेका हुन् ।

उनीहरुले वातावरण प्रदुषण नियन्त्रण र रोजगारी सृजना गर्नका लागि डाँफे फाइवर उत्पादन प्रा.लि. मार्फत सामाजिक र आर्थिक क्षेत्रमा सहयोग पुर्याउन फाइबर उत्पादन सुरु गर्न लागिएको बताए ।

दुई करोडको लागतमा उत्पादन सुरु गर्न लागिएकामा अहिलेसम्म ३० प्रतिशत लगानी गरिसकेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पहिलो चरणमा ज्याकेट,सिरक,सिरानी लगायतका सामाग्री उत्पादन गर्ने उनीहरुले जानकारी दिए ।

फोहोरलाई मोहोरमा रुपान्तरण गरि पुनः प्रसोधन गरी दैनिक उपभोग्य सामान बनाउनु र स्वदेशी निर्यात घटाउनु, विदेशी मुद्रा भित्र्याउनु आफूहरुको प्रमुख उदेश्य भएको डाँफे फाइवर उत्पादन प्रा.लि.का सञ्चालक गोकुल कोइरालाले जानकारी दिए ।

मासिक ३० हजार फाइबर उत्पादन गर्ने लक्ष्य राखेको प्रा.लि ले मेसीनरीका लागि १ करोड,कच्चा पदार्थ खरिदका लागि मासिक २४ लाख ७५ हजार,कर्मचारी र बजार ब्यवस्थापन खर्च ३ लाख ७३ हजार ५ सय अनुमानित खर्च हुने सञ्चालकले बताएका छन् ।

त्यहाँबाट उत्पादन फाइवर अहिलेको बजार भाउ भन्दा सस्तो रहने पनि पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनीहरुले बजार मूल्य २०० रहने बताएका छन् । प्रा.लि.ले सरकारबाट व्यवसायीक ऋण सहजीकरण गर्नुपर्ने,ब्यवसायको परिकार हेरी सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने लगायतका अपेक्षा राखेको पनि बताए ।

 

12575
Shares

ट्रेन्डिङ