सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • वायुमण्डलमा न्यून चापीय क्षेत्रको विकासले वर्षा

वायुमण्डलमा न्यून चापीय क्षेत्रको विकासले वर्षा

2920
Shares
वायुमण्डलमा न्यून चापीय क्षेत्रको विकासले वर्षा

काठमाडौँ, १२ जेठ । वायुमण्डलको तल्लो सतहमा न्यून चापीय क्षेत्रको विकाससँगै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालको मौसम बदली भई आज दिउँसो धेरै स्थानमा वर्षा भएको छ । उक्त वायुको प्रभावले काठमाडौँ उपत्यकासहित पश्चिमी भेग र पूर्वका धेरै स्थानमा वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्यान्ह चर्को घाम लागेको उपत्यकामा अपरान्ह मुसलधार वर्षा भएको थियो ।
वर्षाका कारण उपत्यकाका केही सडकमा सवारी आवागमनमा समेत अवरोध पुगेको थियो । कतिपय स्थानमा सडक जलमग्न हुँदा सवारी साधन र पैदल यात्रुको आउजाउ रोकिएको थियो । कुन स्थानमा कति पानी परेको भन्ने यकिन विवरण महाशाखाले साँझ ५ः४५ बजे ‘अपडेट’ गर्ने जानकारी दिएको छ ।
दक्षिण पूर्वी हावा वायुमण्डलको तल्लो सहतमा बगेर स–साना न्यून चापीय क्षेत्रको विकास भएको तथा बङ्गालको खाडीमा जलवाष्पयुक्त हावा तल्लो सतहमा देखिएकाले नेपालमा बदलीसँगै वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “दुई मौसमी प्रणालीसँगै ‘प्रि–मनसुन’ को समय भएकाले पनि खण्डित रुपमा वर्षा गराउने, बदली हुने र घाम लाग्ने प्रक्रिया चलिरहन्छ । पर्याप्त जलवाष्पयुक्त हावा नभएकाले हल्काफुल्का वर्षा हुने र घाम लाग्ने भइरहन्छ ।” आज काठमाडौँ उपत्यकाको अधिकतम २९ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ । महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै विराटनगरमा ४७, सिमरामा ३९ र पोखरामा १५ मिलिमिटर वर्षा भएको छ । रासस

2920
Shares

ट्रेन्डिङ