सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जनताले उज्यालोका अभियन्तालाई नै जिताउछन: माओवादी केन्द्रका उमेद्वार न्यौपाने

जनताले उज्यालोका अभियन्तालाई नै जिताउछन: माओवादी केन्द्रका उमेद्वार न्यौपाने

4015
Shares
जनताले उज्यालोका अभियन्तालाई नै जिताउछन: माओवादी केन्द्रका उमेद्वार न्यौपाने

कोहलपुर (बाके), जेठ १२ । अखिल क्रान्तिकारी केन्द्रिय समितिका संयोजक नरेन्द्र न्यौपानेले दोस्रो चरणको निर्वाचनको नतिजा माओवादी केन्द्रको पक्षमा आउने बताउनु भएको छ । निर्वाचन मिति नजिकिदैं गर्दा माओवादी प्रतिको जनलहर बढ्दै गएको बताउँदै न्यौपानेले दोस्रो चरणमा माओवादी पहिलो हुने जिकिर गर्नुभयो । कोहलपुर नगरपालिकाको मेयर पदका उम्मेदवार समेत रहेका न्यौपानेले देश माओवादीको एजेण्डामा अगाडी बढिरहेको अवस्थामा आम नागरीकले माओवादी केन्द्रलाई न्याय गर्ने बताउनुभयो ।
आज कोहलपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार न्यौपानेले कोहलपुरका जनताले उज्यालो अभियानका अभियन्ताहरुलाई जिताएर न्याय गर्न आग्रह गर्नुभएको छ । चुनावी अभिायनलाई तिब्रता दिर्दै आएको माओवादी केन्द्रले कोहलपुर नगरका १५ वटै वडाहरुमा सभा सम्मेलनको आयोजना गर्दै आईरहेको छ । मतदाताहरुलाई मतदान प्रक्रियाका बारेमा समेत जानकारी दिदै आईरहेका उम्मेदवारहरुले सुझबुझका साथ मतदान गर्न आग्रह गर्दै आएका छन ।
यसैबिच आज मेयर, उपमेयर र अन्य उम्मेदवार सहितको टोलीले कोहलपुरस्थित भरैया, उदयपुर र मैटहवा लगाएका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यस क्षेत्रमा बिभिन्न पार्टी परित्याग गरि १ सय बढि नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश गरेको कोहलपुर नगर पार्टीका अध्यक्ष तेजप्रसाद चापाँगाईले जानकारी दिनुभयो । यसैबिच नेपालगञ्ज उप–महानगरपालिकाबाट सर्वसम्मत मेयर पदका उम्मेदवार दामोदर आचार्यले घरदैलो अभियानलाई तिब्रता दिएका छन । आचार्य सहित जिल्ला तथा केन्द्रिय स्तरका नेताहरु सहितको टिमले अभियान नै संचालन गरि मतदातालाई न्यायोचित भोटका लागि आग्रह गर्दै आएका छन ।

4015
Shares

ट्रेन्डिङ