सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • माओवादीले ९० प्रतिशत उम्मेद्वारी टुंग्यायो

माओवादीले ९० प्रतिशत उम्मेद्वारी टुंग्यायो

2730
Shares
माओवादीले ९० प्रतिशत उम्मेद्वारी टुंग्यायो

काठमाडौं, ३१ जेठ । नेकपा माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि तीनवटा प्रदेशका उम्मेद्वार टुंगो लगाएको छ । प्रदेश नम्बर १, ५ र ७ मा भने अझै टुंगो लाग्न बाँकी रहेको प्रवक्ता पम्फा भुसालले बताइन् ।
आजको नागरिक दैनिकमा खबर छ– ‘प्रदेश नम्बर १, ५ र ७ मा करिब ९० प्रतिशत उम्मेद्वारको टुंगो लगाइसकिएको छ । अब दुई नम्बर प्रदेशको सुरु हुँदैछ,’ भुसालले भनिन्, ‘कतै तालमेलको कुराकानी भएकाले पनि ढिलाइ भएको हो । दुई–तीन दिनमा सबै टुंगो लगाइसक्छौं ।’ उनका अनुसार स्थानीय तहमा तालमेलका कुराकानी भएकाले उमेद्वार चयन भए पनि सार्वजनिक नगरिएको हो ।

2730
Shares

ट्रेन्डिङ