सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जनयुद्धबारे प्रचण्डको नयाँ खुलासा

जनयुद्धबारे प्रचण्डको नयाँ खुलासा

3810
Shares
जनयुद्धबारे प्रचण्डको नयाँ खुलासा

काठमाडौं, ७ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीले २०४४ सालमै जनयुद्ध गर्न चाहे पनि परिस्थितिले आठ वर्ष ढिलो सुरु गरिउको खुलासा गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ– पत्रकार उजिर मगरद्वारा लिखित पुस्तक अंशको विमोचन गर्न मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले २०४४ सालमै जनयुद्ध सुरु गर्न गोरखाको सिरानचोकमा पहिलो सैन्य तालिम समेत गरेको सम्झना गरे ।
‘तर परिस्थिति परिवर्तन भयो, जनयुद्धको मिति पनि धकेलियो,’ प्रचण्डले भने । २०५२ फागुन १ गते सुरु भउको माओवादी जनयुद्ध १० वर्षसम्म चलेको थियो । २०४४ सालमा कुनै नेताले चाहेर मात्र सशस्त्र संघर्ष नभएको चर्चासमेत प्रचण्डले गरे । ‘त्यो एउटा रिभुलुस्नरी रोमान्सको उत्सुकता थियो जस्तो लाग्छ’, उनले भने, ‘प्रचण्ड या बाबुरामले चाहँदैमा जनयुद्ध हुँदैनथियो, त्यसैले त्यो बेला भएन ।’ त्यो समयमा जनयुद्ध सुरु गर्न नसक्नुको मुख्य कारण २०४६ सालको जनआन्दोलनको वातावरण बन्दै जानु भएको प्रचण्डको बुझाइ छ ।‘सुरु गर्ने तयारी गरिरहँदा ०४६ को आन्दोलनको वातावरण बन्यो,’ उनले भने, ‘त्यसैले भएन ।

3810
Shares

ट्रेन्डिङ