सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा भयानक दुर्घटना : बोलेरोले ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

काभ्रेमा भयानक दुर्घटना : बोलेरोले ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

2965
Shares
काभ्रेमा भयानक दुर्घटना : बोलेरोले ३ वटा मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

काभ्रे : बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ७ चौकी डाँडामा कुखुरा बोक्ने बोलेरोले ३ वटा मोटरसाइकललाई ठक्कर दिएको छ ।

बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । काठमाण्डौबाट पुर्वतर्फ जाँदै गरेको प्र. २–०२–००१ च ०८२८ नम्बर को कुखुरा बोक्ने बोलेरो गाडिले बिपरित दिशाबाट आउदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बा.प्र–०२–०४५ प ५४३० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।

घाइते हुनेमा सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का २१ बर्षीय नविना न्यौपाने रहेकी छन् । उनको टाउको र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

सिन्धुली जिल्लाको घ्याङलेक गाउँपालिका वडा नम्बर ४ का २५ बर्षीय रामलाल मोक्तान छन् । उनको दुबै खुट्टामा चोट लागेको छ ।

2965
Shares

ट्रेन्डिङ