सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश नम्बर २ मा ४४ तह जित्ने माओवादी केन्द्रको दाबी

प्रदेश नम्बर २ मा ४४ तह जित्ने माओवादी केन्द्रको दाबी

2760
Shares
प्रदेश नम्बर २ मा ४४ तह जित्ने माओवादी केन्द्रको दाबी

काठमाडौँ, साउन ६ । माओवादी केन्द्रले प्रदेश नम्बर २ मा ४४ स्थानीय तह जित्ने दाबी गरेको छ । सोमबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा प्रदेश नम्बर २ इन्चार्ज मातृका यादवले ४४ तह जित्न सकिने रिपोर्ट सार्वजनिक गरेका छन् । निर्वाचनमा योजनाअनुसार काम भएमा मधेसमा पहिलो वा दोस्रो शक्ति हुन सक्ने माओवादी अपेक्षा छ । अाजको नयाँ पत्रिकामा खबर छ– माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल ठाकुरले पार्टीको जनाधार बलियो भएकाले ४४ तह जित्न सक्ने सम्भावना रहेको बताए ।
यस्तो छ मधेसमा माओवादीको आस
तराई मधेसका हरेक मुद्दामा माओवादीको सद्भाव भएकाले मधेसी जनता आफ्नो पक्षमा आउने प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादव बताउँछन् । संविधान संशोधन गर्न माओवादीले कांग्रेस, एमालेभन्दा धेरै भूमिका खेलेकाले निर्वाचन जित्ने बलियो आधार उसले देखेको छ । ‘हामी अहिले पनि संविधान संशोधन पास गराउने पक्षमा लागिरहेका छौँ,’ यादवले भने, ‘संविधान संशोधन पास वा फेल जे–जस्तो भए पनि अगाडि बढाएरै छाड्ने योजना छौँ ।’
बैठकपछि सार्वजनिक गर्छौँ : भुसाल
केन्द्र्रीय सचिवालय बैठक शुक्रबार सकिएपछि प्रदेश नम्बर २ निर्वाचनका सम्बन्धमा रणनीति सावर्जनिक गरिने माओवादी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘अब कसरी जाने भन्ने विषयमा धेरै नेताले धारणा राखेका छन्,’ उनले भनिन्, ‘सुझाबलाई पार्टीले अँगाल्नेछ ।’

2760
Shares

ट्रेन्डिङ