सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • यसरी मनाउँदै छन् जनप्रतिनिधीले दशै ?

यसरी मनाउँदै छन् जनप्रतिनिधीले दशै ?

7290
Shares
यसरी मनाउँदै छन् जनप्रतिनिधीले दशै ?

असोज ९, काभ्रे । तरकारी खेती गर्ने देखि किताब पढेर दशै मनाउँने तयारी गर्दै यसपालीको दशैं धुमधामसँग मनाउने क्रममा आम नेपालीहरु आ–आफ्नो तयारीमा ब्यस्त छन् । यसै मेसोमा हाम्रा स्थानीय तहका जनप्रतिनिधीहरु पनि आफ्नो तरिकाले यसपालीको दशैं मनाउउँदैछन् । यो वर्षको दशै देशै भरि उल्लनसमय ढङ्गले मनाउँदै छन् ।

कोही घर मै बसेर कोही घुमघाम गरेर अनि कोही इष्टमित्र र आफन्तहरुसँग भेटघाट गरेर एक आपसमा मायाँ साटासाट गरेर मनाउने प्रचलन छ । नेता देखि जनप्रतिनिधीहरुले भने कोहीले टिका लगाउदैनन् भने कोहीले लगाएर मनाउँने तयारी गरीरहेका छन् । काभ्रेको गाउँ गाउँमा भने छाप्रो मै मनाउने तयारी गरी रहेका छन् । हामीले जिल्लाका जनप्रतिनिधीहरुले को कसरी दशै मनाउँदै छन् भनेर जिल्लाका नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको मेयर उप मेयरले कसरी दशै मनाउँदै छन् काभ्रे सन्देशले खोतल्ने प्रयास गरेको छ :

“किताब पढने दशै मनाउने”
अशोक ब्याञ्जु
मेयर धुलिखेल नगरपालिका
यो वर्षको दशै मैले अलि फरक तरिकाले मनाउने तयारी गरिरहेको छु । दशैको बेला घरमा बसेर पढ्नलाई तीन वटा किताब पनि किनेर ल्याईसकेको छु । यसरी नै बित्ने छन् मेरो दशैका दिनहरु । दशै र तिहारमा भने एक हप्तासम्म लङ टुरको यात्रामा जाने सोचमा छु । समय सिमा भने तोकेको छैन ।
“भुकम्प पिडीतसँग विशेष अन्तरक्रिया गर्नेछु  “

टिपी शर्मा तिमल्सिना
मेयर नमोबुद्ध नगरपालिका
यसपालीको दशैं जनतामाझ मनाउने सोचमा छु । जनतासँग भेटघाट गर्दै सुख दुःख साट्ने योजना बुनेको छु । भुकम्पमा नाम छुटेका परिवार सबै जना चाडबाडमा गाउँमा आउने भएकाले बास्तविक भुकम्प पिडीतहरुको छुटेका नामहरु संकलन गरी अन्तरक्रिया गर्ने योजनामा छु । सबैजना शहर बस्ने भएकाले चाडबाडमा गाउँ फर्कने भएकोले उहाँहरुसँग के कारणले क–कसको नाम छुटेको हो सो विषयमा छलफल चलाई उनीहरुको समस्या समाधानमा मेरो विशेष ध्यान जानेछ ।

परिवारजनसँग दशैं मनाउनुका साथै आफूभन्दा ठूला मान्यजनसँग टिका तथा आशिर्वाद थाप्दै नमोबुद्ध नगरपालिकालाई सम्बृद्ध बनाउने योजनाको लागि गृहकार्य गर्नेछु । समय निकालेर डा. युवराज संग्रौलाको किताव पढ्ने सोच बनाएको छु ।

“कार्यकर्तासँग जाने राजनीतिक बहस गर्ने”
भीम न्यौपाने
मेयर पनौती नगरपालिका
घरमा दाजुभाईसँग, इष्टमित्रहरुसँग बसेर दशै मनाउने सोचमा छु । अर्काे कुरा पार्टीले नवमीको दिन कुशादेशीमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ नेता तथा कार्यकर्ताहरुसँग बसेर राजनीतिक बहस गर्ने छौँ ।

“गाउँपालिकाको सबै वडावासीसँग समय बिताउँने”
डिबी लामा
अध्यक्ष रोशी गाउँपालिका
म यो वर्षको दशै घरमा बसेर भन्दा पनि जनप्रतिनिधी भएको हैसियतले गाउँपालिकाको सबै वडामा पुग्ने छु । सबैसँग भेटघाट गर्ने छु । राज्यले वृद्धभत्ताको लागि बजेट छुटाएको भएता पनि नआईपुगेको अहिलेको अवस्थामा गाउँपालिकाबाट बजेट सापटी लिई आइतवार बाँड, सोमवार पनि बाँड्दै छु । जसले गर्दा वृद्धवृद्धाहरुलाई दशै मनाउन थोरै भए पनि सहयोग पुगोस् भन्ने मेरो चाहना हो ।

म आफू मात्रै घरमा बसेर दशैको रमझममा रमाउन सक्दिन । मेरा गाउँबासी सबैको घर घरमा चुलो बलोस् । सबै गाउँबासीहरुले उल्लासमय रुपमा दशैं मनाउन सकुन् । यहि सोचका साथ सबैको घरमा चुल्हो नबलुन्जेल म आफू दशैंमा रमाउन सक्दिन । त्यसैले गाउँपालिकाका १२ वटै वडामा पुग्ने योजना छ । गाउँपालिकाबासीको बीच मै रहि यसपालीको दशैं मनाउने योजनामा छु ।

“बुबा बितेकोले दशै मनाउँदिन”
गुमानध्वज कुँवर
भूम्लु गाउँपालिका
यसपालिको दशै जुठो परेको छ । मेरो बुबा बित्नु भएको छ । म शोकमा ढुबेको मान्छेले के को दशै मान्नु ।
“१० वर्ष भयो दशैमा टिका नलगाएको”

कान्छामान जिम्बा (संसार)
अध्यक्ष महाभारत गाउँपालिका
मैले दशै नमानेको १० वर्ष बितिसकेको छ । म नेपाली जनताको परिवर्तनका लागि जनयुद्धमा होमिएका जनताको सिपाही हुँ । विभिन्न रमझमका साथ अहिलेसम्म मनाएको छैन । किन कि म फरक विचार धारा बोकेकाले पनि होला सायद । धर्मको नाममा रमझममा भन्दा जे छ त्यही अनुसार चाडपर्व मनाउनु पर्छ भन्ने नै हो । धर्म मनाउने विषय सबैको अधिकार भित्रको पर्दछ । म यस वर्षको दशै पार्टीका नेता तथा कार्यकर्ताहरु र जनतासँग भेटघाट गरी मनाउने तयारीमा छु ।

“कम खर्चमा मनाउने सोचमा छु”
प्रेम प्रसाद तिल्सिना
अध्यक्ष
बेथानचोक गाउँपालिका
म हरेक दशैमा खासै तामझामका साथ मनाउँदिन । थोरै पैसामा मनाउने तयारीमा जुटी रहेको छु । घरमै बसेर मनाउँछु यसपालीको दशैं ।
“जुठो परेको छ दशै खल्लो हुने भयो”

रेखा दाहाल
उप मेयर बनेपा नगरपालिका
अघिपछिका दशै रमाइलोसँग मनाएको थिएँ । यसपालिको दशैमा गाउँ कै दाजुभाइ बितेकाले जुठो परेको छ । यस वर्षको दशै खल्लो भएको छ । राम्रै गरी मनाउने तयारी गरेता पनि खासै चहल पहल छैन । भेटघाट छलफल गरेर दशै मनाउने सोच बनाएकी छु ।
“मामा घर गई टिका लगाउने मनाउने”

बिमला शर्मा
उप मेयर धुलिखेल नगरपालिका
मेरो यसपालिको दशै खासै फरक छैन विगतको भन्दा । इष्टमित्र भेटने, भेटघाट गर्न र मामाको घरमा गएर टिका लगाउने सोच बनाएको छु ।

“पुँजा गर्ने मनाउने”
लक्ष्मी दनुवार
उप मेयर
पाँचखाल नगरपालिका
सधैको जस्तो गरी मनाउने हो । घरमा बोका छ, काट्ने हो अनि परिवारसँग खुशीसाथ दशैं मनाउने हो । नियमित पुँजा गर्ने र सबै सँग भेटघाट गर्ने र मनाउने तयारीमा छु । यो वर्षको दशै ।

“तरकारी खेती गर्ने दशै मनाउने”
रामदेवी तामाङ
उप मेयर
नमोबुद्ध नगरपालिका
हामी एकल महिलाहरुसँग दशै मनाउने पैसा छैन । श्यामपाटीमा कार्यालय छ एकल महिलाको । ४÷५ जना एकल महिलाहरु जम्मा हुने र तरकारी खेती गर्दै मनाउने तयारी गरिरहेको छु । म आफै भन्दा एकल महिला भएका कारणले पनि एकल महिलाहरुलाई जम्मा गर्ने र तरकारी खेती गर्ने योजना बनाएको छु । यसरी नै बित्छ मेरो यसपालिको दशै । आफन्त, साथी भाइसँग भेटघाट गर्ने तयारीमा छु ।
-काभ्रे सन्देश साप्ताहिक बाट

7290
Shares

ट्रेन्डिङ

सम्बन्धित खवर