सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बनेपामा भीषण आगलागी, हरिहरपुर फर्निचर पूर्णरुपमा नष्ट

बनेपामा भीषण आगलागी, हरिहरपुर फर्निचर पूर्णरुपमा नष्ट

4655
Shares
बनेपामा भीषण आगलागी, हरिहरपुर फर्निचर पूर्णरुपमा नष्ट

बनेपा, २५ कात्तिक। काभ्रेको बनेपामा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । गएराती अबेर बनेपा नगरपालिका वडा नंवर ७ शुभकामना चलचित्र मन्दिर नजिकै रहेको हरिहरपुर फर्निचरमा आगो लागेको हो । राती ११ बजेतेरि सुरु भएको आगो बिहानपखमात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट फर्निचर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर नजिकै रहेको घरमा समेत क्षति पुगेको छ । आगलागीबाट कति रकम बराबरको क्षति भयो भन्ने यकिन भइसकेको छैन । भक्तपुरबाट आएको दमकल र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

काभ्रेमा बर्सेनी आगलागीका घटना भइरहे पनि जिल्लामा एउटा पनि दमकल नहुँदा भक्तपुर र काठमाडौंका दमकलको भर पर्नुपर्ने हुन्छ । जसका कारण आगलागीबाट बढी क्षति हुने गरेको स्थानीयबासीले बताएका छन् ।
-मेचीकाली बाट

4655
Shares

ट्रेन्डिङ