सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • रेग्मीलाई विद्यावारिधिको उपाधि प्रदान

रेग्मीलाई विद्यावारिधिको उपाधि प्रदान

2780
Shares
रेग्मीलाई विद्यावारिधिको उपाधि प्रदान

मंसिर १४, काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित अन्तर्राष्ट्रिय अमेरिकन विश्वविद्यालयले व्यवस्थापन प्रशासन विषयको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।

सामाजिक क्षेत्रको सुधार र व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरी नेपाली समाजलाई योगदान गरेको उल्लेख गर्दै अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस शहरमा यही मंसिर १० गते सो विश्वविद्यालयले आयोजना गरेको विशेष समारोहमा उक्त उपाधि प्रदान गरेको हो ।

विश्वमा मानवता, नैतिकता र सदाचारको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यका साथ शैक्षिक सेवा प्रवाह गर्दै आएको सो विश्वविद्यालयको व्यवस्थापन संकायको सिफारिसमा रेग्मीलाई नेपाली समाजमा गरेको विशिष्ठ योगदान र सेवाको कदर गर्दै उक्त उपाधि प्रदान गरेको विश्वविद्यालयले जनाएको छ ।

मानार्थ विद्यावारिधिको उपाधि ग्रहणपछि उहाँले विश्वमा नैतिकता, सदाचार र मानवतावादको दर्शनको महत्व सँधै रहने र असल शिक्षाबाट नै समाजको रुपान्तरण गर्न विश्वका विकसित देशहरु सफल भएकाले शिक्षामा लगानी गर्न विशेष जोड दिनुपर्ने विचार व्यक्त गर्नुुभएको प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । (रासस)

2780
Shares

ट्रेन्डिङ