सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल सुपर सिक्समा प्रवेश

नेपाल सुपर सिक्समा प्रवेश

545
Shares
नेपाल सुपर सिक्समा प्रवेश

काठमाडौं | नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो।

अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो।नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन्।

अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए। ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए। नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।

नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो। नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए। यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए।

टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

545
Shares

ट्रेन्डिङ