सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मेलम्चीको पानी आजदेखि पुनर्वितरणको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

मेलम्चीको पानी आजदेखि पुनर्वितरणको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

610
Shares
मेलम्चीको पानी आजदेखि पुनर्वितरणको प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन

काठमाडौं । मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गरेका  छन् ।

काठमाडौंवासीका घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिएको छ । चौथोपटक मेलम्चीको पानी उपभोक्तालाई वितरण गरिएको हो । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्‍याउन थालिएको हो ।

मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं नल्याइएपछि खानेपानीको अभाव झेल्दै आएका उपत्यकावासी प्रदर्शनमा उत्रिएका थिए ।

त्यसपछि ३ पुसमा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले पानी पथान्तरणको काम २८ दिनभित्र सम्पन्न गरी उपत्यकाका घर–घरमा पानी पुर्‍याउने निर्णय गरेको थियो । त्यसका लागि ४ पुसदेखि दुई सिफ्टमा जनशक्ति परिचालन गरी पथान्तरणको काम सुरु गरिएको थियो ।

पथान्तरणको काम पुस २७ गते नै सकेर सुरुङमा पानी हालिएको थियो । केही दिन पानी बगाएर सुरुङ सफा गरेपछि उपत्यकावासीका धारामा पानी वितरण सुरु गरिएको हो ।

610
Shares

ट्रेन्डिङ